IT Officer | Digital Governance | Mindful Living
सन् २०२० देखि स्थानीय तहको सरकारको (IT Officer) रुपमा कार्यकरत छु। मेरो मुख्य जिम्मेवारीमा स्थानीय सरकारका डिजिटल प्रणालीहरूको व्यवस्थापन, ई–शासन (e-Governance) प्रवर्द्धन, वेबसाइट तथा सूचना प्रणाली सञ्चालन, र प्रविधिमार्फत नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नु पर्दछ।
सूचना प्रविधिको माध्यमबाट सार्वजनिक सेवामा पारदर्शिता, दक्षता र पहुँच वृद्धि गर्न सकिन्छ भन्ने विश्वासका साथ म काम गर्दै आएको छु। HTML, CSS, JavaScript, React.js तथा Node.js जस्ता वेब प्रविधिहरूमा व्यावहारिक ज्ञान राख्दै स्थानीय तहका सूचना प्रणालीहरूलाई सुरक्षित, सरल र दिगो बनाउने प्रयासमा संलग्न छु।
डिजिटल अभिलेख व्यवस्थापन, सूचना प्रकाशन, प्रणाली मर्मत तथा प्रयोगकर्ता सहयोगजस्ता कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु। सरकारी सेवामा प्रविधिको सही र जिम्मेवार प्रयोगले सुशासन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने मेरो धारणा रहेको छ।
व्यावसायिक जीवनका अतिरिक्त, मलाई यात्रा गर्न, ग्रामीण क्षेत्रको अवलोकन गर्न तथा आध्यात्मिक जीवनशैलीमा रुचि छ। यी पक्षहरूले मलाई अनुशासित, नैतिक र सेवामुखी दृष्टिकोणका साथ कार्य गर्न प्रेरणा प्रदान गर्दछन्।